जिचेन स्याङताङ
Polish Orliks अर्थात Vertical Style (कावा नखाने, सिधा माथि उड्ने) मा उड्ने High Flying परेवा। यसका साथै अहिले संसारमा रहेका कयौँ High Flying परेवाका जननी। धेरैले विश्वास गर्छन् कि यो परेवाको नश्ल युक्रेन र पोल्यान्ड आसपासमा बनेको हो। पोलिश भाषामा Orliks भन्नाले चिलको बच्चा भन्ने बुझिन्छ। उड्दा चिलको बच्चाजस्तै देखिने (छोटो घाँटी, खोलेको पुच्छर र फिँजिएको चौडा पखेटा) भएकाले यसलाई उनीहरूले Orliks भन्न थाले। स्मरण रहोस्, यो परेवा बन्नुमा मध्य पूर्व (Middle East) का तीन मुख्य देश पर्सिया (इरान), मेसोपोटामिया (ग्रीक भाषामा टिग्रिस नदी र युफ्रेटस नदीबिचको जमिन अर्थात हालको इराक) र तुरान/टर्कीको ठुलो हात रहेको छ। विशेषगरी तुरान/टर्कीको। तुरान/टर्कीबाट काला सागर (Black Sea) हुँदै युक्रेनको क्रिमिया प्रायद्वीप (Peninsula) मा यो परेवाको पुर्खा पुगेको अनुमान गरिन्छ।