काङ्ग्रेस सभापति देउवा भारत जाने : कुम्भमा स्नान पनि गर्ने

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि भारत जानुहुने भएको छ । उहाँ कुम्भमेलामा स्नान गर्न र त्यहाँ आयोजना हुने एक कार्यक्रममा भाग लिन जान लाग्नुभएको हो । 

पूर्वप्रधानमन्त्री देउवा भोलि बिहान ११ बजे एयर ईण्डियाको उडान AI 218 मा दिल्ली हुँदै स्थानीय समयअनुसार दिउँसो ३ बजे प्रयागराज पुग्ने बताइएको छ । कुम्भमेलामा डुबुल्की मारेपछि उहाँ ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुनुहुनेछ ।

देउवासँगै उहाँका पिए भानु देउवा र अनिलकुमार रुँगटा पनि जाने तय भएको छ । यसअघि कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाशशरण महत पनि सपरिवार कुम्भमेला हेर्न गएका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली भ्रमणको निम्तो नपाइरहेको सन्दर्भमा सत्ता साझेदार काँग्रेसका नेताहरु लगालग दक्षिण यात्रामा निस्कनुलाई कतिपयले अर्कै अर्थसमेत लगाउन थालेका छन् ।

तीर्थाटनको बहानामा दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्न देउवा त्यता जान लागेको दाबी गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ