अकबर बादशाह र परेवाका पाँच रमाइला किस्सा

जिचेन स्याङ्तान

१. परेवाले बाजी खाएको (Somersault) हो कि होइन भनेर आफ्नो परेवाको हेरचाह गर्नेहरूलाई देखाउन उनले एक दिन परेवाको एकातर्फको पखेटामा रङ लगाएका थिए। त्यसपछि बाजी खाँदा (रङको आधारमा) परेवाले बाजी खाँदो (Somersault) रहेछ भनेर सबैले थाहा पाएका थिए। यसको मतलब अकबर बादशाहको दरबारमा बाजी खाने परेवा (Tumblers) हरू पनि थिए।

२. अकबर बादशाहको कपोतपालीमा सुरूसुरूमा परेवाहरू आफैँ आफैँ जोडामा बस्थे। तर पछि उनले परेवाको सौन्दर्य र उडानलाई ख्याल गरेर जोडा हाल्ने गर्थे। सौन्दर्य र उडानलाई हेरेर नै उनले खान आजम कोकलताशले उपहारस्वरूप दिएको मलेवा रङको परेवाको सन्तानलाई बढाएका थिए। जुन परेवा प्रयोग गरेर उनले ‘मोहना’ नामको दरबारभरिकै सुप्रसिद्ध परेवा बनाएका थिए।

३. अकबर बादशाहले September/October महिनामा मात्र परेवालाई जोडामा हाल्ने गर्थे भने February/March महिनामा जोडा फुटाउने गर्थे।

४. अकबर बादशाहले राति पनि घण्टौँसम्म परेवा उडाउने गर्थे। राति परेवा उडेको देखेर उनको परेवालाई हेरचाह गर्ने इरान तथा तुरान/टर्कीका मानिसहरू छक्क पर्थे।

५. अकबर बादशाहले विशेष अवसरहरूमा परेवा उडाउँदा ११ ओटा अथवा २१ ओटा अथवा १०१ ओटा परेवा उडाउने गर्थे।

फोटो: Persian Highflying Pigeon!

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ