Nepal Viral
जुलाई 30, 2025

युक्रेनमाथि बढ्यो अमेरिकी दबाब : जेलेन्स्कीले चाँडै खनिज सम्झौतामा हस्ताक्षर गर्ने दाबी

ह्वाइट हाउसले शुक्रबार दाबी गरेको छ कि युक्रेनले ‘धेरै छोटो अवधिमा’ अमेरिकालाई आफ्ना खनिज भण्डारहरूमा पहुँच प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्नेछ। यस सम्झौतालाई यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको अभाव भएको भन्दै अस्वीकार गरेका थिए। अमेरिकाले यो सम्झौतामार्फत युक्रेनका खनिज स्रोतहरूमा ५ खर्ब डलर (५०० बिलियन डलर) बराबरको दाबी प्रस्तुत गर्दै आएको छ, जुन उसले युक्रेनलाई प्रदान गरेको सैन्य सहायताको बदलामा मागेको हो।

‘हेर्नुहोस्, यहाँ मुख्य कुरा के हो भने राष्ट्रपति जेलेन्स्कीले त्यो सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ र तपाईंले त्यो धेरै छोटो समयमै देख्नुहुनेछ र यो युक्रेनका लागि राम्रो हो,’ ट्रम्प प्रशासनका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले वासिङ्टन नजिकै आयोजित कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फरेन्स (सिपिएसी) मा भने। 

वाल्ट्जको यो भनाइले संकेत गर्छ कि जेलेन्स्कीमाथि सम्झौता स्वीकार गर्न अमेरिकी दबाब बढ्दै गएको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्ध समाधानका लागि वार्तामा जेलेन्स्कीको उपस्थिति आवश्यक नभएको बताएका थिए।

‘मलाई लाग्छ, इमानदारपूर्वक भन्नुपर्दा, बैठकहरूमा उनको उपस्थिति खासै महत्त्वपूर्ण छैन,’ ट्रम्पले भने, ‘जेलेन्स्कीले भने-ओह, मलाई बैठकमा बोलाइएन, तर मेरो विचारमा यो प्राथमिकता होइन, किनभने उनले अहिलेसम्म वार्तामा निकै कमजोर प्रदर्शन गरेका छन्।’

ट्रम्पको यो टिप्पणी युक्रेन र उसका युरोपेली सहयोगीहरूबीच चिन्ता बढिरहेको बेला आएको हो। विशेषगरी हालै साउदीको रियादमा अमेरिका र रूसबीच भएको प्रत्यक्ष वार्तापछि चिन्ता थप बढेकाे छ।

ट्रम्पले हालैका दिनहरूमा जेलेन्स्कीको कडा आलोचना गर्दै ‘निर्वाचनबिना सत्तामा बसेको तानाशाह’ को संज्ञा दिएका छन्। साथै, उनले रूससँगको युद्ध युक्रेनले नै सुरु गरेको आरोप पनि लगाएका छन्, जुन दाबी युक्रेन र पश्चिमी सहयोगीहरूले अस्वीकार गर्दै आएका छन्। 

युक्रेनसँग रहेका लिथियम, टाइटेनियमजस्ता दुर्लभ खनिजहरूमा पहुँच प्राप्त गर्न अमेरिकाले यो सम्झौतालाई प्राथमिकतामा राखेको छ। ह्वाइट हाउसको पछिल्लो दाबीले संकेत गर्छ कि जेलेन्स्कीले अमेरिकी दबाबअघि झुक्न सक्नेछन्। 

तर यसले युक्रेनको आन्तरिक राजनीति र युरोपसँगको सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने अझै स्पष्ट छैन। यो सम्झौता युक्रेनको भविष्य र अमेरिका–रूस सम्बन्धको सन्तुलनका लागि महत्त्वपूर्ण मोड बन्न सक्ने विश्लेषकहरूले बताएका छन्। एजेन्सी

15 thoughts on “युक्रेनमाथि बढ्यो अमेरिकी दबाब : जेलेन्स्कीले चाँडै खनिज सम्झौतामा हस्ताक्षर गर्ने दाबी”
  1. Официальный Telegram-канал 1 Вин онлайн-казино.
    Самое популярное онлайн-казино и ставки от 1win. Доступно текущее актуальное зеркало официального сайта 1win, работающее везде.
    Регистрируйся на платформе, выполняй вход в 1вин, получай щедрые бонусы с помощью промокода и тут же начинай играть.
    Погрузитесь колоссальным выбором игровых автоматов, популярными спортивными ставками и замечательными конкурсами с крупными выигрышами. Станьте частью крупной международной платформы и открывайте мир удовольствий вместе с 1win!
    Главные акции, бонусные программы и комфортные условия ведения игры ждут вас уже сейчас. Начинайте, определите игры и делайте ставки, испытывая истинные эмоции и поднимающее настроение!
    Уже оценили удобство и привлекательность платформы? Поделитесь друзьям и знакомым, рассказывайте радостью крупного выигрыша или бесплатными бонусами. Приходите, играйте и получайте удовольствие на канале Telegram 1win!
    https://t.me/s/TopTg_1WIN/40

  2. Посетите наше онлайн казино в Нигерии, где вы найдете захватывающие online casino in nigeria и шанс выиграть реальные деньги!
    Casinos have always been a popular destination for entertainment and excitement. Individuals enter these establishments hoping for wealth, amusement, and camaraderie.

    A wide selection of games is available at gambling establishments, appealing to diverse tastes. Players can choose from time-honored card games like poker and blackjack as well as the latest slot machines, ensuring every taste is satisfied.

    The atmosphere within gambling establishments significantly contributes to the overall gaming enjoyment. The combination of bright lights, upbeat music, and a vibrant crowd creates an unmatched experience.

    Additionally, many casinos feature restaurants, bars, and entertainment options, making them ideal for a full night out. The fusion of gaming and recreational amenities draws in a diverse crowd.

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ