प्रधानमन्त्री ओलीले मनाए ७४औं जन्मदिन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ७४औं जन्मदिन मनाएका छन्। सातोबाटोस्थित एन्फा कम्पलेक्समा ‘केपी ओली कप’को उद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले जन्मदिन मनाएका हुन्। 

पत्नी राधिका शाक्यले प्रधानमन्त्री ओलीलाई केक खुवाएर जन्मदिन मनाइएको थियो। सो अवसरमा ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो।

प्रधानमन्त्री ओलीले पत्नी राधिकाले आफ्नो जन्मदिन भब्य मनाइदिने गरेको बताएका थिए। पत्नी राधिकाको किताब ‘करुणा’को विमोचन समारोहमा आफ्नो जन्मदिन राधिकाले भव्य मनाइदिने गरेको बताएका थिए। 

‘जब म बिरामी हुन थाले। त्यसपछि उनले मेरो जन्मदिन भव्यताका साथ मनाइदिन्छन्। राधिका नहुने हो भने म अहिलेमसम्म बाँच्न सम्भव थिएन। वास्तवमै थिएन। आँगनको माथिल्लोपट्टि मठ बनाएर हरेक विहान-बेलुका हुर्काएर तुलसीजस्तै बाँचेको मान्छे हुँ म। जंगलको तितेपातेजस्तो होइन, जतनले बाँचेको मान्छे हँ। आज ७३ पुगे। भोलि ७४ लाग्छु,’ उनले भनेका थिए। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ