फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा


ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको विवादले निषेधाज्ञा जारी गर्नुपर्ने सम्मको अवस्था सृजना भएको छ। 
केबलकार निर्माण विरोधी समूहले आन्दोलन चर्काएसँगै स्थानीय प्रशासनले सदरमुकाम फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको शनिबार राति बसेको आकस्मिक बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा आज (आइतबार) बिहान ५ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बजार क्षेत्रमा प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडपले प्रतिकूल स्थिति सिर्जना भएर शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थिति देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको हो। प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाएको छ । 

11 thoughts on “फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा”
  1. Новые актуальные iherb russia промокод для выгодных покупок! Скидки на витамины, БАДы, косметику и товары для здоровья. Экономьте до 30% на заказах, используйте проверенные купоны и наслаждайтесь выгодным шопингом.

byuro-perevodov-485’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ