काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको फाइनल खेलमा नेपालले बुधरबार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
चार देश सम्मिलित प्रतियोगिताको समूहको शीर्ष स्थानमा रहँदै म्यानमार र दोस्रो स्थानमा रहँदै नेपालले फाइनलमा स्थान बनाए ।
फाइनल खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकटको दर खुलाएको छ । खल्तीमा खुलेको टिकट दर अनुसार भीआईपीतर्फ २ हजार रहँदा साधारणतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ ।
नेपाली महिला फुटबल इतिहासमा यो टिकट दर हालसम्मकै उच्च हो । यसअघि सफल महिला फुटबलमा एन्फाले भीआईपीतर्फ १५ सय र साधारणतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको थियो ।
प्रतियोगिताको फाइनल खेलमा म्यानमार र नेपालले साँझ ६ बजे उपाधिका लागि भिड्दैछन् ।