Nepal Viral
जुलाई 31, 2025

भन्सार जाँच पासपछि टर्मिनल गेटबाट प्रहरीले बरामद गर्‍यो करिब ४ केजी सुन

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४ किलो सुन बरामद भएको छ। बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका चारजना विदेश नागरिक सुनसहित पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ३ किलो ७४५ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठोरले जानकारी दिए।
उनीहरू विमानस्थलको भन्सार चेकजाँचबाट पास भइसकेका थिए। सशस्त्र प्रहरी बल र कर्मचारीलाई भन्सार चेकजाँचको जिम्मा दिइएको छ। तर, यति ठूलो परिणाममा बरामद सुनले भन्सारमा खटिएका सुरक्षाकर्मी र भन्सार कर्मचारीको लापरवाहीलाई पुन:एकपटक पुष्टि गरेको छ।
भन्सारबाट जाँचपास भइसकेका उनीहरूको गतिविधि शंकास्पद लागेपछि चेकजाँचका क्रममा नेपाल प्रहरीले टर्मिनल गेटबाटै पक्राउ गरेको हो।
प्रहरीका अनुसार उज्बेकिस्तानका नागरिक Akhmadjanovna dilfuza marifalieve , Israilovna saodat fayzieva , Gulamdjanovan umida akhmedov  र Sardor tursunov  पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा तीनजना महिला र एक पुरूष छन्। सुन महिलाको साथबाट बरामद भएको हो। एउटै समूहका भएकाले अनुसन्धानका लागि पुरूषलाई समेत पक्राउ गरिएको हो। एसएसपी राठोरका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

यसअघि पनि विमानस्थलको चेकिङबाट सुन बाहिरिने र  बाहिरिएको सुन प्रहरीले बरामद गरेका घटना सार्वजनिक हुँदै आएका छन्।

One thought on “भन्सार जाँच पासपछि टर्मिनल गेटबाट प्रहरीले बरामद गर्‍यो करिब ४ केजी सुन”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ