Nepal Viral
नोभेम्बर 1, 2025

नेपाली समाजभित्र साइनो नाताकाे अवस्था


मिम बहादुर परियार
पङ्क्तिकार चिया पसलमा चिया पिउँदै थिएँ । पसलमा साहुजी साहुनी नातागोतामा छलफल गर्दै थिएँ । साहुनी साहुजीलाई बाबा , फलानाेकाे छाेरा मेरो नातामा के पर्नुहुन्छ भनेर नाता थाहा पाउन खाेज्दै हुनुहुन्थ्यो ।  साहुजी साहुनीलाई मामु किन अचानक याे नातागोता साेधेकाे भनिरहेका थिएँ। एकछिन उहाँहरु नातागोता खाेजि गर्नुभयो । साहुजीले साहुनीलाई मामु ऊ तिम्रो नातामा भतिजो पर्छ भन्नुभयो । यहाँ साउजीले आफ्नो श्रीमतीलाई मामु भनेर  सम्बाेधन गरिरहेका थिएँ । केही समयपछि  एउटा बालक सायद उहाँको सन्तान हुनुपर्छ  मामु भाेलि हाम्रो स्कुलमा रिजल्ट छ तपाईं आउनुपर्छ रे भने । उहाँहरूको नाता , एकले अर्कालाई गरेको सम्बाेधन सुन्दा देख्दा नयाँ आगन्तुकलाई अवश्य अचम्म लाग्नसक्छ । बाउ र छाेराकाे नाता सम्बन्ध ती महिलासँग फरक छ । बाउकाे नातामा ती महिला श्रीमती हुन् । छाेराकाे नातामा आमा तर भन्ने बेला दुबैले एकै नाता मामु  प्रयोग गरिरहेका थिएँ । नेपाली समाजमा पछिल्लो समय चिया पसलका दम्पतीले झैं नातागोता सम्बाेधन गर्दा धेरैले नाताभन्दा बाहिरकाे नाता गाँसेर सम्बाेधन गरिरहेका छन् ।

नाता साइनो यति सामान्य र सस्तो तरिकाबाट प्रयोग गर्नुहुँदैन ।नाता सम्बन्धकाे परिचय हाे । यसले समाजिक चरित्रलाई जीवन्त दिने काम गर्छ । हेर्दा सामान्य लाग्नसक्छ तर समाजशास्त्रीय र मानवशास्त्रीय  काेणबाट नियमन गर्दा मानवीय संवेगसँग नाताकाे सम्बन्ध अटुट रहेको छ । नाता नहुँदाे हाे त सायद मानिसमा सभ्यता आउँदैन थियो हाेला । मानिसमा सभ्यता कायम नहुँदाे हाे त मानिस उहीँ ढुङ्गे युगमा जसरी जे मन लाग्याे त्यहीँ गरिरहेको हुन्थ्यो हाेला । मानव विकासको क्रमसँगै समाजभित्र नातागोताकाे विकास भएको हाे । नातागोताकाे विकास र अभ्यास सँगै मानिसमा चेतना र चिन्तन थपिएको हाे । अन्यथा मानिस र पशुमा कुनै भिन्नता देखिँदैन थियो । यिनै नातागोताकाे कारण मानिस छुट्टै विवेकशील प्राणी भएको  हाे । मानिसले चेतनासँगै आफ्नो समाज ,समुदाय र परिवारभित्र नयाँ  सम्बन्ध साइनोकाे दायरा रुप निर्माण गरेको हाे । तर यति गम्भीर विषयलाई हिजोआज मानिसहरु हल्का रुपमा लिइरहेका छन् । नाताअनुसारका साइनो प्रयोग नगरी अनर्गल साइनो चलाइरहेका छन् ।

नाता साइनोमा सबैभन्दा धेरै प्रयोग हुने  नातामा ,हजुरबुबा, हजुरआमा ,बाबा आमा, सासू ,ससुरा काका , मामा , दिदी , भाइ , भिनाजु , आमाजु , जेठाजु , फुपू , फुपाजु , सम्धी, सम्धिनी , मित मितिनी , इत्यादि हुन् । यी सबै नाता साइनाेले छुट्टै शिष्टाचारकाे दायरा बनाइदिएको छ । कुन नातालाई कस्तो आतिथ्य गर्ने त्यसको पनि जानकारी दिएको छ । नातागोता , इष्टमित्र , वंश जे भने पनि यी शब्द सम्बन्धसँग सम्बन्धित छन् । यिनै शब्द सम्बन्धका सेतु हुन् । सम्बन्धकाे लागि  आवश्यक मार्ग काेर्ने आयाम पनि यिनैले निर्धारण गरेकाे हुन्छ । कुन सम्बन्ध वा नातालाई कस्तो सम्बाेधन गर्ने , मानसम्मान कस्तो गर्ने ,सबै कुरा नाताकाे प्रकृतिले निर्धारण गर्दछ । विशेषगरी नेपाली समाजमा केही नाता छन् जसले विशेष स्थान ओगटेको छ । उदाहरणकाे लागि ससुराली पक्षलाई राजकीय सम्मान गर्नेपर्ने हुन्छ । सासूससुरा , जेठान , सालासाली , जेठीसासू , मामाससुरा इत्यादी अर्थात ससुराली खलकलाई सिष्टाचार , आतिथ्य , सम्मानमा कुनै कसुर बाँकी राखे परिवारमा खटपट हुनसक्छ ! तर विडम्बना हिजोआज यिनै  नातागोता तथा साइनो लगभग लाेपाेन्मुख अवस्था देखिन्छन् । कसले कसलाई के भनेर सम्बाेधन  गर्छ पत्तै हुँदैन । नातागोताका अवस्था हेर्दा केही नाता यथावत छन् भने केहीकाे अवस्था शब्दकाेशमा सिमित छ ।

सासूससुरालाई आमा बुबा ( ड्याडी मम्मी ) सालासालीलाई भाइ बहिनी , जेठान , जेठीसासू, साडु , देवरानी ,जेठाजु , आमाजु, जेठानी जस्ता पारिवारिक नाताकाे सङ्केत गर्ने नाता साइनाे सम्बाेधनलाई मानिसहरुले आफ्नो अनुकुल प्रयोग गरेको देखिन्छ । भन्नुपर्ने नाता सम्बन्ध एउटा छ मानिस अर्को नयाँ सम्बाेधन भनिरहेको छ । साइनो र नाता जे हाे त्यहीँ  नाताकाे प्रयोग गर्नुपर्ने हाे । सम्बाेधन नातागोता अनुसारको हुनुपर्ने हाे । विडम्बना सही नाता  र सम्बाेधनकाे अभ्यास  धेरै कम व्यक्तिको मुखबाट सुनिन्छ । अझ सही नाता सम्बाेधन प्रयोग गर्ने मानिसलाई नाता बिगारेर प्रयोग गर्नेहरूले गिज्याउने परिपाटी बसेको छ । के भनेको त्यस्तो पुरानो मान्छेले झैं भन्नेहरु पनि बढेका छन् । याे तरिकाकाे परिपाटीले मानिसहरु हिजोआज  नयाँनयाँ साइनोकाे प्रयोग गरिरहेका छन् । जसको न कुनै सम्बन्ध छ न कुनै भाव छ नत आफ्नोपन नै ।

अहिले  श्रीमान श्रीमतीले एकअर्कालाई बाबा मामु भन्ने चलन बढेको छ । पहिले याे शैली सहरिया परिवारमा सिमित  थियो । यसलाई  विस्तार गर्ने र मलजल गर्ने काम केही टेलिफिल्मले गरेको थियो । अहिले  विस्तारै याे चलन सहर हुँदै सहरउन्मुख गाउँमा समेत प्रवेश गरिसकेको छ । देवरानीहरुले जेठानीलाई भाउजू भन्न सुरु गरेका छन् । देवरलाई भाइ भन्न थालेका छन् । साला सालीलाई सम्मान पुर्वक सालाज्यू सालीज्यू भन्नपर्ने हाे । विडम्बना साइनाे नातागोताले आफ्नो माैलिक रुप फेर्न थालिएको  छ । प्रयाेगकर्ताले पनि भरपुर नाता शैली बदल्नका आफ्नो काेसिस जारी राखेका छन् । श्रीमान श्रीमतीबिचकाे साइनोलाई मामु बाबाले कसरी सही अर्थ दिनसक्छ । श्रीमान श्रीमती र बाबा मामुकाे सम्बन्ध, साइनाे छुट्टै छ । तथापि मानिसहरु व्यर्थ कथित आधुनिकताकाे नाममा बिना तुककाे साइनोकाे प्रयोग गरिरहेका छन् । यस्ता साइनो प्रयोग गर्नेकाे आफ्नै तर्क र बुझाइ हाेला । सरलता र आधुनिकतालाई आधार मानेर उनीहरू प्रतिवाद गर्नसक्छन । तर यथार्थकाे उत्तर उनीहरूले भनेजस्तो कहाँ छ । मनपरि साइनो सम्बन्ध प्रयोग गर्नेले जेजस्तो तर्क दिएपनि यस्ता व्यर्थ साइनो गलत बाहेक अरु केही हुँदैन ।

मित्रतालाई पारिवारिक सम्बन्धमा जाेड्ने मितेरी परम्परा पछिल्लो समय लाेपन्मुख अवस्थामा छ । मित ,मितिनी साइनो खाेज्न अघिल्लो पुस्तामा जानुपर्छ । अहिलेका पुस्ता बेस्टफ्रेन्डमा सिमित छन् । उसलाई मितेरी परम्पराकाे कुनै महत्त्व थाहा छैन । सात साइनो मितका त्यसै भनिएको हाेइन । मितेरी साइनोभित्र पारिवारिक आत्मिय अटुट छ । त्यस्तै जेठाजु , जेठान साइनोकाे आफ्नै विशेषता छ । मानिसहरु दाइ भनिरहेका छन् । दाइ नाता काका मामा , बाबाआमाका छाेराछाेरीलाई भन्नुपर्ने हाे । सासूससुराका छाेरालाई सम्बाेधनकाे लागि नाता छ । सही र भन्नुपर्ने नाता जेठान , जेठाजु नै हाे । यस्ता कयौं नाता छन् जसको अवस्था र अभ्यास निकै झिनो  छ । तर केही नातागोता भने यीनै लाेपाेन्मुख साइनोभित्र  अटल भएर बसेकाे पाइन्छ जस्तैः मामा , माइजू , फुपू । यद्यपि मानिसहरुमा साइनो नातागोताकाे महत्त्व दिनानुदिन घटेको छ । नत्र गलत नातकाे प्रयोग किन ?  सही साइनो सही व्यक्तिलाई प्रयोग गर्दा के हुन्छ ? किन यी साइनो नाता मान्छेहरू बाेल्न चाहिरहेका छैनन् ?

खासमा नातागोताबाट व्यक्ति व्यक्तिबिच कस्तो साइनो पर्ने हाे त्यो थाहा हुन्छ । तर हिजोआज मान्छेहरुले चयन गरेको नातागोताले अन्य व्यक्तिमा दुबिधा सृजना गरेको देखिन्छ । जेठानलाई दाइ भन्नू , ससुरालाई बुबा भन्नू , श्रीमतीलाई मामु भन्दा बाहिरी सुन्ने मान्छेलाई रनभुल्लमा पार्ने गरेको देखिन्छ । नयाँ मानिसलाई काे श्रीमान् काे श्रीमती, काे आमाबाबु , काे ज्वाइँ काे जेठान जस्ता नातागोता अन्योलग्रस्तमा रहेका छन् ।  वास्तवमा नातागोता , साइनो फरकफरक किन निर्धारण गरियो ? यसको स्पष्ट कारण छ । बाहिरी रुप आवरण हेर्दा प्राय एकै समुदायका मानिस उस्ताउस्तै देखिन्छन् । झट्ट हेर्दा उमेर बाहेक अन्य कुराले खासै निर्धारण गर्दैन । यिनै नाता र साइनोले एउटा निश्चित रेखा काेरिदिएकाे छ । के भनेर सम्बाेधन गर्ने त्यो निर्धारण गरिदिएको छ । परिवार परिवारबिच हुनुपर्ने र गर्नुपर्ने मानमनिताेकाे विश्लेषण गरिदिएको छ ।

सरसर्ती हेर्दा नाता तथा साइनोले व्यक्तिलाई सहजता प्रदान गरेकाे छ । सासूससुरा सुन्नासाथ एकप्रकारकाे माहोल पारिवारिक माहोल बनाइदिएको हुन्छ । भान्जीभान्जा सुन्नासाथ प्रेमिल भावना जाेडिएकाे छ । अर्कोकुरा नाता साइनाेले मानिसलाई सजग हुन पनि सिकाएको छ । उदाहरणका लागि यदि कसैले घरमा सासूससुरा आउनुभएको छ भन्याे भने ज्वाइँ , बुहारीलाई एक खाल्काे सन्देश दिइरहेको हुन्छ । अभिभावक आउँदै हुनुहुन्छ अनुशासन कायम राख भन्ने सन्देश जान्छ ।   हेरेक साइनोकाे आआफ्नै विशेषता छ पारिवारिक सामाजिक महत्त्व छ । साइनोकाे प्रयोगलाई  माैलिक र वास्तविक  रुपमा राख्न आवश्यक छ । नाता साइनो संरक्षण गर्नु भनेको संस्कार चेतना र मर्यादाको विकास गर्नु हाे । त्यसकारण नाता साइनो प्रयोगमा मनपरि साइनो सम्बाेधन ग राेक्नुपर्छ। साइनो नाता जे हाे त्यहीँ भन्नुपर्ने । अन्त्यमा नाता साइनोकाे आफ्नै साैन्दर्य छ ।

70 thoughts on “नेपाली समाजभित्र साइनो नाताकाे अवस्था”
  1. With havin so much content and articles do you ever run into any issues of plagorism or copyright violation? My site
    has a lot of completely unique content I’ve either created myself or outsourced but it seems a
    lot of it is popping it up all over the internet without
    my permission. Do you know any ways to help protect against content from being ripped off?
    I’d really appreciate it.

    Feel free to visit my web site: 300 No deposit bonus Codes 2021

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ