Nepal Viral
जुलाई 31, 2025

अस्ट्रेलियन म्याट राेस नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त

अखिल नेपाल फुटबल संघले रिक्त रहेको नेपाली पुरुष फुटबल टिमकाे मुख्य प्रशिक्षकमा अस्ट्रेलियन म्याट राेसलाई नियुक्त गरेको छ । एन्फामा आयोजना गरिएको कार्यक्रममा राेसलाई एक वर्षको लागि सम्झौता गरिएको छ ।

राेसले दक्षिण कोरियाली महिला राष्ट्रिय टोली, स्विडिस महिला टोलीसँग पनि काम गरेका छन् । त्यस्तै जर्मन क्लब, १. एफएफसी फ्रान्कफर्ट लगायतका विश्वभरका विभिन्न फुटबल क्लबसँग उनकाे व्यवसायी अनुभव रहेको देखिन्छ ।

3 thoughts on “अस्ट्रेलियन म्याट राेस नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकमा नियुक्त”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ