पाेप फ्रान्सिसकाे स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । पोप फ्रान्सिस निमोनियाका कारण गम्भीर अवस्थामा छन्। भ्याटिकनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘सोमबार उनलाई दुई पटक श्वासप्रश्वासमा समस्या भएको थियो, त्यसपछि उनको फोक्सोबाट म्यूकस हटाइएको थियो।’

उनलाई भेन्टिलेटरमा राखिएको छ र सास फेर्न सहजताकाे लागि अक्सिजन मास्क लगाइएको छ। यद्यपि, भ्याटिकनले पोप लाई उच्च प्रवाहमा अक्सिजन दिइएको बताएको छ।

शुक्रबार, पोप फ्रान्सिसलाई श्वासप्रश्वास सम्बन्धित समस्याहरू देखा परेकाे थियोे । डाक्टरको अनुसार फ्रान्सिसको दुवै फोक्सोमा निमोनिया भएको र अवस्था अझै गम्भीर रहेको छ ।

८८ वर्षीय पोप पछिल्लो एक हप्तादेखि श्वासप्रश्वासको समस्याबाट पीडित थिए, त्यसपछि उनलाई रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ