प्रेमराज आचार्य
केही छन् डढेका जस्ता केही छन् उडेका जस्ता
केही सपना खरानी छन् बाँकी छन् धुँवा जस्ता
ऐनाभित्रका मान्छेहरु नयाँ बन्न खोज्छन्
तर देखिन्छन् सधैँभरि पुराना जस्ता
आज फेरि तिमी एकाएक सम्झनामा आयौ
उनका आँखा रहेछन् ठ्याक्कै तिम्रा जस्ता
यी मान्छेहरुसँग म पटकपटक झुक्किन्छु
जीवितै छन् या गर्छन् अभिनय ज्युँदा जस्ता