Nepal Viral

दुर्गेशकाे ईर्ष्यालाग्दाे क्रेज


नेपाली गीत संगीत उद्योगमा दुर्गाबहादुर थापा उर्फ दुर्गेश थापा निकै चर्चित नाम हाे । उनी मनाेरञ्जन उद्योगमा भाइरल माेडल गायकका रुपमा चिनिन्छन् । उनकाे फरक शैलीको गायन , रत्याैलीयुक्त शब्द चयन र उर्जाले भरिएको नाचबाट जनमानसमा चिनिएका छन् । गायकी र नृत्यकाे अलावाकाे दुर्गेशकाे अर्को परिचय हाे विवाद ।

दुर्गेश कहिले फरक सृजनाका कारण चर्चाको शिखरमा हुन्छन् त कहिले आफ्नै गीतको माेडलका रुपमा महिलाको भेषभूषामा बीचबीचमा भन्दै नाच्छन् । कहिले आफ्नै साथीलाई कुनै स्त्रीलाई फसाउनुपर्छ भनेकाे अडियो भाइरलका कारण आलोचनाको चुलीमा पुग्छन् । कुतैकतै दुर्गेशलाई कार्यक्रममा निषेध गरेकै कारण उनी रङ्ग पत्रकारिताको हेडलाईन बन्ने गर्छन् । जेहाेस् दुर्गेश सदाबहार चर्चाको पात्र भइरहेका छन् ।

हिजोआज टिकटक , रिल तथा समाजिक सञ्जालमा दुर्गेश थापा छाइरहेका छन् । अझभनाैं उनी भाइरल भएका छन् । दुर्गेश अहिले जतासुकै सुनिन्छन् । स्कुल , कलेज , भाेजभतेर , पार्टी , गाडी आदिमा उनकै गीतमा हजारौं दर्शकस्राेता नाचिरहेका हुन्छन् । फेसबुककाे रिल हाेस् या टिकटक भिडियो , उनको गीतमा लाखौंलाखले भिडियो बनाएका छन् ।
यसबाट के पुष्टि हुन्छ भने दुर्गाबहादुर थापा उर्फ दुर्गेश थापा निकै सफल भएका छन । उनी अहिले देशभर जेजति महाेत्सव आयोजना भएका छन् ,प्रायः त्यहाँ दुर्गेश पुगेका हुन्छन् । आफ्नो गायकी र उर्जाले भरिएका नृत्यबाट थुप्रैलाई नचाउँछन् । दुर्गेश…दुर्गेश नभनिएकाे महत्सव कहाँ छ र ! जेहाेस् दुर्गेश आफ्नो समयको शिखरमा छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ