मिम बहादुर परियार
हिड्दाहिड्दै देख्दादेख्दै
अल्ट्रासाउन्डका छाँयामा
“X ” र ” X” काे मेलमा
विभिन्न जालझेल बुन्दै
धेरै छाेरी हराइए , दबाइए , लुकाइए
बेपत्ता पारिए ,लिङ्गकाे नाउँमा ।
छाेरीकाे “छ” सुन्दै मुर्छा पर्दै
फेरि पाई भन्दै, मुर्मुरिँदै
छुकछुक रुदैं , निधारमा हान्दै
छाेराेप्रसाद छाेरी सिध्याउन हिडेकाे धेरै भयो
सुन्छु ६ छाेरी सिध्यायाे रे
हल्ला चलेको छ देशमा,
अब एकएक हिसाब राख्ने शुरमा छ रे
गर्भबाट बेटी हराउने
भ्रुणकाे रेटिरेटि हत्या गर्ने
औषधी मज्जाले खुवाउने
पाठेघरमा X देखेपछि छानिछानि
नालीमा फाल्ने, सालनालबाटै गाड्ने
याेजना परियोजना बुन्दै छ रे छाेराेप्रसाद।
छाेराेप्रसादहरु सल्बालाएकाे धेरै भयो
दाइजोकाे निहुँमा जिउँदै जलाएकाे
दागबत्ती र किरियाकाे नाममा
अधिकार र अपन्त्वबाट पन्छाएकाे
पराँइकाे धन भन्दै
दिन गन्दै आफ्नोबाट पराँइ बनाउने
जिउँदै खल्काे हाल्ने, जुठो नबार्ने
कसम खाएको छ उसले ।
ऊ अक्सर भुल्दछ
ऊ त्यहीँ छाेरीकाे छाेराे हाे
उसलाई मान्छे बनाउने आमाको छाेराे
खाल्डोमा खस्दा उठाउने छाेरीकाे छाेराे
उसलाई पिडा हुँदा रुने छाेरीकाे छाेराे ।
छाेरीकाे रगतबाट बनेको
दूध पिएको , ९ महिना दुख दिएको
पिठ्युँमा सुतेको, खेलेको
औंला समात्दै, तातेताते गर्दै हिड्न सिकेकाे
छाेराेप्रसादले सायद भुलेछ
पृति सत्ताकाे आडमा ।
छाेराे अचेत छ,
पृतिसत्ताकाे दास भएको छ
“Y” काे अहंकारमा डुबेको छ
दागबत्तीकाे आगाे ताप्न जाे पल्केकाे छ ।
उसले काजकिरियाकाे कसम खाएको छ
र त छाेरीकाे हत्या गर्न जानेको छ
सिकेको छ , छानिछानि आमा मार्न तयार भएको छ
छाेराेप्रसाद !!!!