एकादेशमा दुइवटा बिराला रहेछन्। बाटोमा हिंडदै जाँदा एउटा रोटीको टुक्रा फेला पारेछन्। कसले खाने भन्नेबारे निकैबेर गलफत्ती भएछ। रूखबाट एउटा बाँदरले यो लामो झगडा हेरेर बसेको रहेछ। रूखबाट ओर्लेर बाँदरले भनेछ- ‘हे बिराला हो, किन झगडा गर्छौ? म तिमीहरू दुबैलाई बराबर बाँडिदिन्छु नि!’ दुवैले ‘हस्’ भनेछन्।
बाँदरले रूखबाट तराजु लिएर आएछ। रोटीलाई दुई असमान टुक्रा पारेर तराजुमा राखेछ। दुबै लोभी बिरालाले मनमनै आश गरेछन्- ठूलो चाहिं टुक्रा मेरै भागमा पर्ला! तर धूर्त बाँदरले तराजु ढल्केपट्टिको ठूलो टुक्राको ठुलै अंश चुँडेर आफ्नै मुखमा हालेछ। अब तराजु अर्कोपट्टि ढल्केछ। फेरि ढल्केपट्टिको टुक्राको ठूलो अंश चुँडेर बाँदरले आफ्नो मुखमा हालेछ। तराजु अर्कोपट्टि ढल्कने नै भयो। यस्तो चक्र बाँदरले पटक पटक दोहोर्याउँदै गएछ। मूर्ख बिरालाहरू फेरि पनि आश गरेर बस्दैगरेछन्।
अन्त्यमा एउटा सानो टुक्रा मात्र बाँकी बचेछ। अझै पनि लोभी र मूर्ख बिरालाहरू त्यो टुक्रा त बाँदरले उसैलाई देला भन्दै कुरेर बसेछन्। तर छट्टू बाँदरले भनेछ-‘तिमीहरूकोनिम्ति मैले यति धेरै मेहनत गरें। यो सानो टुक्रो त मैं खान्छु है!’
अन्तिम टुक्रो पनि मुखमाहाल्दै बाँदर तराजु बोकेर कुलेलम भएछ। मूर्ख र लोभी बिरालाहरू हेरेका हेरै भएछन्।
यो नीतिकथा वर्तमान नेपाली राजनीतिसंग मिल्दोजुल्दो हुन गएमा संयोग मात्र हुनेछ!
(डाक्टर बाबुराम भट्टराईकाे फेसबुक वालबाट साभार )
https://t.me/s/TopTg777_Rox
https://t.me/s/TopTg777_R7