काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालमा रेमिट्यान्सको आप्रवाह बढेको छ। गत आवको यही अवधिको तुलनामा ७.३ प्रतिशतले विप्रेषण आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।
तर अमेरिकी डलरमा हिसाब गर्ने हो भने रेमिट्यान्स ५.३ प्रतिशत मात्र छ। अमेरिकी डलरका तुलनामा नेपाली मुद्रा कमजोर बन्दा नेपाली र अमेरिकी डलरमा हिसाब गर्दा फरक परेको हो भने डलरमा आप्रवाह कम देखिएको हो।
कूल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यसले १४.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकले जानकारी दिएको छ।
साउनदेखि माघसम्मको अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात् ५.६ प्रतिशतले बढेको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ दशमलव ३ प्रतिशतले बढेको हो। आयात १० दशमलव १ प्रतिशतले वृद्धि हुँदा निर्यात ४६ दशमलव ५ प्रतिशतले बढेको छ।
free spins no deposit casinos nz, free spins pokies in canada and usa carnival horizon casino reviews (Charli) fast withdrawal, or top usa online poker sites