जुनु दिव्य राना

ए पुरुष कवि!
यो सृष्टिका
थुप्रै -थुप्रै बाहरुको अलिखित सकसहरुको शृङ्खलाको कविता
तिमीले लेख्नुपर्छ ल ।

तिमीले लेख्नुपर्छ,
बा को आँखाको गहभित्र
निर्माण भएका मारियाना ट्रेन्च
शब्दहरुमा उन्नुपर्छ तिमीले
वंश र अंशको सामित्व भएरैपनि
ति बा हरुले
प्रवासन पश्चात् भोग्नुपरेको
युद्वका रक्त -आहालहरु
मेट्न असम्भव
अमेट इतिहासका पृष्ठहरु बटुलेर
आकार दिनुपर्छ
एक “संग्रह” को !

लेख्नु जरुरी छ ,
कि बाको काँधभन्दा
उच्च कुनै शिखर अस्तित्वमा छैन
बा ले दिने ओतजस्तो
अन्य सन्तुष्टीको अनुभुति छैन
यस्ता थुप्रै थुप्रै भावहरु
लेख्नुपर्छ तिमीले ।

ए पुरुष कवि!
कथित ”मर्द”को आलंकार भित्र
निस्सासिएर कहिलेसम्म उकुसमुकुस सहन्छौ?

(हङकङमा बसेर कविता लेख्ने कवि जुनु दिव्य राना एक क्रान्तिकारी कवि हुन । उनका कविताहरुले महिलामाथि गरिने बिभेद र अन्यायको बिरोधमा चर्को रुपमा बिरोध गरेको हुन्छ । बिशेषगरि स्त्री र पुरुषबीचको मनोदशालाई गहिरोगरि उनका सृजनाहरुले बोलीरहेका हुन्छन।)
नाेट : कवि जुनकाे कवितासंग्रह राताे नदी बजारमा सर्वत्र उपलब्ध छ )

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ