विवाहअघि आर्थिक बाँडफाँडकाे कुरा नमिल्दा चर्चित खेलाडी बोनिफेसकाे विवाह रद्द

बर्लिन : बुन्डेसलिगा क्लब वायर लेभरकुसेनका स्ट्राइकर भिक्टर बोनिफेसले आफ्नी प्रेमिका नर्वेली रिक्के हर्मिनसँग विवाह गर्ने तय गरेका थिए । तर विवाहअघि हर्मिन र उनको ठुलो मतभेद भएपछि विवाह रद्द गरियो। हर्मिनले प्रिअनप अर्थात विवाहपछिकाे लेनदेन स्पष्टता बिना विवाहमा जोड दिएकी थिइन् । जसअनुसार कथनकथाचित सम्बन्ध विच्छेदको अवस्था आएमा बाेनिफेससँग भएकाे सबै सम्पत्तिमा हर्मिनले आदि हिस्सामा पाउनुपर्ने हुन्थ्यो ।

यद्यपि बोनिफेसलाई प्रिअनपमा कुनै आपत्ति थिएन — किनभने कानुनी रूपमा, उनीसँग केही पनि आफ्नो निजी स्वामित्वमा थिएन । उनकाे सबै सम्पत्ति आमाको नाममा दर्ता गरेका थिए । जब हर्मिनले उक्त कुरा थाहा पाइन् तब उनीले चार वर्षको लामाे प्रेम जुन विवाहमा परिणत हुने लागेकाे थियो । त्यो सम्बन्धलाई अन्त्य गरेकी छिन् । अब बेनिफेस र हर्मिन आ-आफ्नाे बाटो लागेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ