शेख हसीनासहित उनको परिवारको सम्पत्ति जफत हुने

ढाका: विद्यार्थी आन्दोलनका कारण देश छाडेर भाग्न बाध्य भएकी बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसीनामाथि एकपछि अर्को गर्दै झड्का लागिरहेको छ । अब बंगलादेशमा उनको सम्पत्ति तथा बैंक खाता सिज गर्ने तयारी भएको छ ।

बंगलादेशको एक अदालतले भ्रष्टाचार निरोधक आयोग (एसीसी) को निवेदनमा हसिनाको परिवारको केही सम्पत्ति जफत गर्ने आदेश दिएको छ । अदालतले मंगलबार यस्तो आदेश दिएको हो । यसका साथै उनको परिवारको १२४ वटा बैंक खाताहरू पनि जफत हुने भएका छन् ।

अदालतले शेख हसिनाका पति, दिवंगत परमाणु वैज्ञानिक एमए वाजेद मियाको नाममा रहेको घर सुधासाधन पनि जफत गर्ने आदेश दिएको छ । यसका साथै हसिनाका छोरा, छोरी, बहिनी तथा उनकी छोरीको समेत सम्पत्ति जफत हुने भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ