मिम बहादुर परियार
पहाडका धुपि सल्लाका रुखले
गरिबीका गीत दिनहुँ गाइरहन्छ
चट्टान छिचाेलेर झर्ने झरनाले
अक्सर बेदनाकाे संगित भरिरहन्छ
झुपडी गतिलो छानाे दिनु भनी गुनगुनाइ रहन्छ ।
शरीरका फाटेका कपडाले इसारा गरिरहन्छ
भाेकाेपेटका पिडाका गाथाले बेलाबखत
आँखा नुनिला बनाउन बाटाे खनिरहन्छ ।
यिनै गीत संगित पिडाका धुन सुनेपछि
काला पहाडबाट छुकछुके रेलले रैबार पठाउँछ
गीत गाउँछ ” पैयाँ गुड्न लाग्याँ ” भन्दै डाकाे दिन्छ
अभाव दबाब प्रभावले चाडाे तुना कस् आदेश दिन्छ
घरका आमा जहान र छाेरीले आँखा रुझाँउछन्
मन बुझाउँदै , सम्झाउँदै , सामल कस्दै , कुद्दै
कालापहाडले झिनाे आाशा र सपना देखाउँछ ।
कालापहाडमा दिनहुँ सेता सपना देख्ने धेरै छन्
स्वदेशका खाेलानाला पहाड सम्झिँदै
प्रदेशमा रगत पसिनाकाे खाेलाे बगाउने
हात शरीर थुप्रै छन् , विडम्बना
प्रदेशको पिडा सुन्ने काे छ र ?
सपनाका घाउमा मलम लगाउने काे छ र?
अरब कालापहाडकाे आराम भनेजस्तो सुनेजस्ताे कहाँ छ र !
दुखीकाे दुख बुझ्ने काे छ र ?
भनेको सुनेको थिए सरकारले सुन्छ भन्ने
तर सरकार धेरै व्यस्त रहेछ
दिनहुँ उद्घाटन गर्दाे रहेछ
भेला सम्मेलनमा चर्का भाषण दिनेरहेछ
भव्य सपना बाड्ने रहेछ
जहाज रेल र रकेटका ल्याउँछु भन्ने रहेछ ।
सरकारलाई विनम्र आग्रह
जतिसक्दो चाडाे आलिसान चिहान गृह बनाउनु
उद्घाटन गर्नु , यसपटक सुरुवात आफै गर्नु
चिहानमाथि मज्जाले सुत्नु
अनि थाहा पाउँछौं बाकसभित्रकाे चीत्कार
अनि देख्छाैं बृद्ध बा आमाकाे पुकार ।