भक्तपुर ।काठमाडौं स्कुल अफ ल’का संस्थापक एवम् ख्यातिप्राप्त कानूनवेत्ता डा. युवराज सङ्ग्रौला र उक्त कलेज अनपेक्षित षड्यन्त्रसङ्ग सामना गर्नुपर्ने स्थितिमा पुगेको विशेष स्रोतबाट जानकारी प्राप्त भएको छ । समाचारअनुसार काठमाडौं स्कुल अफ लबाट स्नातक तह पूरा गरेर बाहिरिएकी एक युवती सुपर्णखा गोतामे (नाम परिवर्तन)ले सङ्ग्रौलालगायत केही शिक्षकमाथि पढाउने क्रममा कक्षामा यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै इन्स्ट्राग्राममा लेखेपछि ‘स्कुल अफ ल’विरूद्ध षड्यन्त्र सुरु भएको पाइएको हो ।
कानून विषयको उक्त कलेजले छोटो समयमै प्राप्त ख्यातिलाई क्षति पुर्याउन मौका पर्खेर बसेकाहरूले सुपर्णखाको इन्स्ट्राग्रामलाई सहारा बनाएर कलेज र सङ्ग्रौलाविरूद्ध आक्रमण गर्ने योजनावद्ध प्रयास गरेको बुझिएको छ । डा. सङ्ग्रौलाद्वारा केही समय अघिदेखि नेपाली राजनीतिमा पश्चिमी मुलुकहरूको चलखेल र युएसआइडीको लगानीका बारेमा सबुतसहित तथ्यहरू सार्वजनिक हुन थालेपछि उहाँ र उहाँसम्बद्ध कलेजविरूद्ध हमला सुरु भएको विश्वास जानकारहरूले गरेका छन् ।
सङ्ग्रौलाविरूद्धको गतिविधिलाई बढाउन नेपाली काङ्ग्रेसको भातृसंस्था नेविसङ्घका केही विद्यार्थीहरू समेत प्रयोग भएको पाइएको छ । सुपर्णखाले पछिल्लो पटक सङ्ग्रौला र परिवारकै नाम लिएर आफूले आत्महत्या गरिदिने धम्की सामाजिक सन्जालमार्फत दिएपछि सङ्ग्रौला र उहाँको परिवारका सदस्यहरू थप तनावबाट गुज्रिएको बताइन्छ।
यस घटनालाई कलेजले गम्भीरताका साथ लिएको बुझिएको छ । जानकारीअनुसार यस सम्बन्धमा छानवीन गर्न कलेजले एक समिति नै गठन गरेको छ । कलेजले सुपर्णखा एक मानसिक बिरामी भइ औषधि सेवन गरिरहेकी आफ्नै विद्यार्थी भएकोले कुनै ठूलो एक्सन नलिने, तर कलेजप्रमुख डा. सङ्ग्रौला र कलेजविरूद्ध भएका षड्यन्त्रबारे अनुसन्धान गरि यथार्थ सार्वजनिक गरिने बुझिएको छ।