Nepal Viral
अप्रिल 28, 2025

दुर्गेश थापाले एसइई  परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने


काठमाडौं । दुर्गेश थापाले एसइई  परीक्षा अवधिभर कुनै कार्यक्रम नगर्ने घोषणा गरेका छन् ।
भाइरल गायक दुर्गेश थापाले उक्त कुराकाे जानकारी आफ्नो  फेसबुक पेजकाे पाेस्ट गरेका छन् । पाेस्टमा उनी लेख्छन्

प्रिय भाइबहिनीहरू, परीक्षा भनेको केवल अंक ल्याउने माध्यम मात्र होइन, यो मेहनत र इमानदारीको परिक्षा हो । आत्मविश्वासका साथ, धैर्य राख्दै, आफ्नो लक्ष्यप्रति समर्पित हुँदै अगाडि बढ्नुहोस् । मलाई विश्वास छ, सबैजनाले असल नतिजा ल्याएर हाम्रा अभिभावक, शिक्षक र देशलाई गर्व गराउनुहुनेछ । पढाइमा गरिएको लगानी कहिल्यै खेर जाँदैन । सफलता हजुरहरूकै हातमा छ, यसलाई मजबुत बनाउनुहोस । एसइई परीक्षा दिनुहुने सम्पूर्ण भाईबहिनिहरुलाई मनैदेखि शुभकामना ।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ