तुल्सी विश्वकर्मा
नमस्कार म तुल्सी विश्वकर्मा, हाल म सुदूरपश्चिम विश्वविद्यालयमा कानुन संकायमा अध्यनरत छु।सुदूरपश्चिम प्रदेशको कंचनपुर जिल्लामा बसिरहेको करिब दुई वर्ष हुनलाग्यो। यस ठाउँमा पहिलो पटक बसाइँ गर्दैगर्दा करिब एक महिनासम्म पनि कोठा नपाएर कष्टपुर्ण अवस्थाकाे सामना गरेकी थिए ।
यो विषयमा त्यतिबेला पनि कुरा उठेको थियो । मैले आफै नै यो उक्त विषयलाई समान्यरुपले लिए । नयाँ ठाउको नयाँ वातावरण बुझ्न भनेर मैले यो विषयलाई त्यति बढवा नदिने निर्णय गरे । तर जति समय बित्दै गयो त्यति नै बिकरालरुप लिएकाे मैले आभास गरे । नयाँ सेमिस्टरमा भर्ना भए सँगै नयाँ भाइबहिनीहरु विशेषगरी दलित समुदायबाट प्रतिनिधित्व गरेका विद्यार्थीहरुले पनि मैले जस्तै कष्टकर अवस्थाकाे समना गरेको देखे ।
के सुदूरपश्चिम विश्वविद्यालय दलित समुदायका विद्यार्थीहरुका लागि स्थापना भएको होइन ? यदि दलित विद्यार्थीका लागी होइन भने भर्ना किन लियो ? सुदूरपश्चिम विश्वविद्यालय सबैका लागि हो र शिक्षाको हक सबैका लागि हो भने हामिलाई यस्तो तनावपूर्ण अवस्थाकाे समाना कहिलेसम्म ? निश्पक्ष ,
शान्तिपूर्ण वातावरणमा पढ्न पाउनु हाम्रो अधिकार हो कि होइन? यो समाजले दलित विद्यार्थीलाई दिएको मानसिक यातनाको जिम्मेवार को?
यो विषयमा यहाँका कथित समाजसेवी , बुद्धिजीवी ,स्थानीय सरकार , विश्वविद्यालय अन्जान भने पक्कै छैन। र पनि मौन किन?
मलाई लाग्छ विश्वविद्यालय त्यो हाे जहाँ सबै विद्यार्थीले शिक्षा सहजरूपमा प्राप्त गर्न पाउन् । तर विडम्बना दलित समुदायका लागि किन जटिल अफ्ट्यारो र तनावपूर्ण भइरहेको छ । स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन खोज्दा व्यवस्थापन गरिदिने कुरा आउछ। तर प्रष्टरुपमा कहिल्यै आउदैन ।
एक ब्यक्तिलाई मात्र व्यवस्थापन गरी जातीय छुवाछुत भेदभाव जस्तो गम्भीर अपराधीलाई ढाकछोप नगरियोस् पनि । भाेलि यसै संस्थामा पढ्ने दलित समुदायका विद्यार्थीहरुका लागि सहज वातावरणकाे माहोल सृजना हुनुपर्छ ।
म दलित भएकै कारण हप्तादिन सम्म काेठा खोज्दा पनि भाडामा कोठा भेटाउन सकेकाे छैन। कानुन संकायमा अध्ययनरत म र कानुन संकायकै बहिनी हरिना सुनारले दलित भएकै कारण कोठा पाएका छैनाै। म कानुन संकाए छैटाैं सेमेस्टारमा अध्यानरत छु । हरिना सुनार तेस्रो सेमेस्टारमा अध्यनरत हुन् । हामीलाई दलित भएकै म , मेरो भाइ र हरिना , उनकाे आमा, भाइ बहिनी भाडामा काेठा पाउनबाट बञ्चित भयौं ।
। दलित र पिछडिएको वर्गका लागि भनेर युद्ध गरेर ल्याएको वर्तमान संबिधानमा व्यवस्था गरेको सम्मानताको हक आज हामी दलितका लागि त्यो कागजको खोस्टोमा सिमित भएको छ । कोठा छ भन्दै जाँदा घरबेटि छ भन्छन् । कोठा देखाउँछन , जात सोध्छन, जात दलित थाहा पाएपछि कोठा हुदैन भन्छन। हामी अहिले दलित समुदायकै एउटा घरमा बस्दै आइरहेका छाै। यो घरका घरबेटि अहिले महेन्द्रनगर भन्दा बाहिर बस्छनुहुन्छ । तर अब उहाँहरु महेन्द्रनगरमा नै बस्ने भएकाले कोठा छाड्न भनेपछि हामी कोठा छोड्न लागेका हाैं।
अब हामी कहाँ जाने ? हामीलाई थाहा छ याे समाजले हामीलाई काेठा दिनेवाला छैन । यस्तो तनावपूर्ण अवस्थाकाे बारेमा विश्वविद्यालयलाई अवगत हुँदाहुँदै पनि गम्भीर देखिएको छैन । न त यहाँ का समाजसेवि बुद्धिजीवी नै जिम्मेवार देखिन्छन् ।तर यस्ता बिषयमा जानकार भने नभएका भने होइनन् ।
राज्यले समानता छ भन्छ , संविधानमा लेखियाे पनि तर व्ययभारमा भने यस्तो कहालीलाग्दो अवस्था छ । खै कहाँ छ हाम्रो लागि त्यो समानता ? खै कहाँ छ त्यो दलितको अधिकार? कहिलेसम्म खेप्नु पर्ने हो यस्ता पीडाहरु? याे समाजमा मान्छेको आवरणमा अमानवहरु रहेछन् । उनीहरू विचार देख्दा यी मान्छे हाेइनन् जस्तो लाग्छ । कठै मेरो समाज ? कहिलेसम्म यस्तो अपराध गर्छौ ?