राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश अध्यक्षमा परियार निर्वाचित 

सुर्खेत ।राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश अध्यक्षमा सल्यानका भिम बहादुर परियार निर्वाचित हुनुभएको छ।

संघको यहि मिति २०८१ साल चैत ८ गते मार्च २१ को सन्दर्भ पारेर प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगंगा १० छिन्चुमा सम्मन्न भएको दोस्रो अधिवेशनबाट परियार अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो।

दोस्रो अधिवेशनबाट १७ सदस्यीय प्रदेश कार्य समिति निर्वाचित गरेको छ।

जसको उपाध्यक्षमा उपाध्यक्ष: यज्ञ बहादुर तिरुवा ( दैलेख) 

कर्ण विक (कालिकोट) 

सचिव: मालती विक ( सुर्खेत) 

सह-सचिव प्रेम सुनार ( सुर्खेत) 

कोषाध्यक्ष : तुलविर बैगार ( कोषाध्यक्ष)

सदस्यहरु: जितबहादुर तिरुवा ( सुर्खेत), 

खेमराज सुनार ( सल्यान),

 हिमेन्द विक ( दैलेख)

 विबेन्द नेपाल ( जुम्ला)

अंगराज परियार ( हुम्ला)

पुर्ण सार्की ( डोल्पा)

 तेज विक ( जाजरकोट)

 भानुभक्त विक ( कालिकोट)

संघको प्रदेश समितिमा  २ सदस्यहरु रुकुम पश्चिम र मुगु मनोनित गर्ने गरि अधिबेशन सम्मपन्न भएको छ।

प्रमुख अतिथि तथा कर्णाली प्रदेश सकार आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजिव विक्रम शाहले  दिप ज्वलन गरि अधिवेशनको उद्धघाटन समारोहलाइ सम्बोधन गर्दै कर्णालीमा २९ प्रतिशत दलित समुदायको सामाजिक न्याय तथा आर्थिक सामाजिक हैसियतलाइ सम्बृद्धिमा रुपान्तर गर्न दलित समुदाय कहाँ जाने योजना बनाएको तर दलित पत्रकार संघ कर्णाली प्रदेश समितिले कार्यक्रम आयोजना गरि जनतामा माझ जान सजिलो गरेकोले कर्णाली प्रदेश सकार दलित समुदायको पक्षमा रहेको र दलित समुदायको सामाजिक तथा आर्थिक हैसियत समृद्धिको योजना बनाउन अर्थमन्त्रालय तयार भएको बताउनु भयो।

कार्यक्रमा बिशिष्ट अतिथि कर्णाली प्रदेश सरकार पुर्व जलश्रोत तथा उर्जा विकास मन्त्री माननीय रनसिंह परियारले ६ बर्ष पछि कर्णालीका दलित समुदायले न्याय पाएको अनुभूति गर्न आफुले प्रदेश सभामा सरकारका माननीय मन्त्री माननीय सांसदहरु संग बहस छलफल तथा समन्वय र सहकार्य दलित सशक्तिकरण विधेयक पारित गर्न आफु निर्वाचित हुँदा नै पहल थालनी गरेको र सरकारको नेतृत्वमा हुदा माननीय  पुर्व सामाजिक विकास मन्त्री वीर बहादुर शाही र बहाल मन्त्री माननीय घनश्याम भण्डारी र प्रदेश सचिव संग निरन्तर पहल गरेको बताउनु भयो।

पुर्वमन्त्री परियारले भन्नु भयो अव दलित समुदाय न्याय माग्न मुख्यमन्त्री कार्यालय अगाडी र सांसद भवन अगाडी आन्दोलन गर्न पर्दैन उहाँको जोड छ। प्रदेश सकारले दलित विधेयक पास गरेको यतिले पुग्दैन कार्यान्वयन पक्षमा यहाँहरुको प्रमुख भूमिका हुनुपर्छ उहाँले भन्नु भयो।

कर्णालीका भूई आवाजहरु समाचार बन्दैन र भूईमान्छेहरुलाइ मिडिया प्रथमिकिकरण हुदैन त्यसका लागि दलित पत्रकारहरु भुईतहमा पुग्नुपर्नेमा जोड दिनुभयो।

अधिवेशनमा भेरीगंगा कार्यवाहक वीर बहादुर  बस्नेत १० नं वडा अध्यक्ष अध्यक्ष प्रेम बहादुर सारु संघका केन्दिय अध्यक्ष बिनोद पहाडी उपाध्यक्ष टेकेन्द्र बिश्वकर्मा महासचिव लक्ष्मण दर्नाल कोषाध्यक्ष भिम विश्वकर्मा  केन्दिय सदस्यहरु बसन्त विक चिन्ता परियार लुम्विनी प्रदेश अध्यक्ष टेक्न्द्र बस्याल सचिव अनिल नेपाली प्रेस सेन्टरका केन्द्रिय उप महासचिव दिपेन्द्र शर्मा पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष लक्ष्मण केसी माओवादी केन्द्र कर्णाली प्रदेश सचिवालय सदस्य पौरख बिक  सदस्य दानसिंह सुनार भेरीगंगा अध्यक्ष श्याम परियार नेकपा एमाले भेरीगंगा सचिव भरत ढकाल नेपाली काँग्रेसबाट धर्मराज खड्का राष्ट्रिय स्वतन्त्र पार्टी भेरीगंगा सभापति प्रदिप वलीको विशेष उपस्थिति रहेको थियो।

9 thoughts on “राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेश अध्यक्षमा परियार निर्वाचित ”
  1. Новые актуальные iherb промокод кэшбэк для выгодных покупок! Скидки на витамины, БАДы, косметику и товары для здоровья. Экономьте до 30% на заказах, используйте проверенные купоны и наслаждайтесь выгодным шопингом.

swot-analiz-960’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ