Nepal Viral
अप्रिल 28, 2025

जनमत र नाउपाको कार्यदलबीच छलफल

 काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यदलबीच छलफल भएको छ।
दुई कार्यदलबीच आइतबार (आज) साँझ काठमाडौंमा छलफल भएको हो।
पार्टी एकता के-कसरी गर्न सकिन्छ भन्नेबारे छलफल भएको जनमतको तर्फबाट गठित कार्यदल सदस्य तथा पार्टी प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।
छलफलमा जनमतको तर्फबाट अब्दुल खान, शरदसिंह यादव र बाल गोविन्द चौधरी छन्।
नाउपाको तर्फबाट गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डगोरा थारु सहभागी छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ