Nepal Viral
अप्रिल 28, 2025

दलित समुदायबाट एकैपटक तीन सहसचिवमा सिफारिस

काठमाडौं ।सरकारले बिहीबार एकैपटक दलित समुदायका तीनजनालाई सहसचिवमा सिफारिस गरेको छ ।नेपाल प्रशासनसेवा राजपत्रांकित प्रथम श्रेणी सहसचिव वा सो पदमा खुलाबाट संखुवासभाको सभापोखरी-१ का सफल पोर्तेल, चामुन्डा विन्द्रासैनी-२ दैलेखका लक्ष्मीकुमार विक र परराष्ट्रतर्फ चौरपाटी-५ अछामका दीपक विक सिफारिस भएका हुन् । दीपक यसै वर्ष उपसचिवमा बढुवा भएका थिए ।

अब दलित समुदायका सहसचिवको संख्या ९ पुगेको छ । यसअघि प्रशासनतर्फ मेखबहादुर मंग्राती, प्रदीप परियार, लोकबहादुर सुनार र पूर्णबहादुर दर्जी तथा प्राविधिकतर्फ कुबेर नेपाली र अशोक श्रीपाली सहसचिव भइसकेका छन् ।

श्रीपाली भेरी अञ्चल अस्पताल नेपालगन्जमा कार्यरत छन् । उनी खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका थिए ।

‘दलित समुदायबाट एकैपटक तीनजना सहसचिव बन्नु हाम्रा लागि ऐतिहासिक उपलब्धि हो,’ पूर्वसचिव मानबहादुर बीकेले भने, ‘यो गणतन्त्र र समावेशिताले दिएको उपहार हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ