Nepal Viral
जुन 15, 2025

काठमाडौं महानगरपालिकाले निर्मल निवासलाई प्रदर्शनमा भएको क्षतिपूर्ति तिर्न पत्र काट्दै


काठमाडौं ।चैत १५ गते शुक्रबार तीनकुने, कोटेश्वर, जडीबुटी क्षेत्रमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा पुगेको क्षतिको पूर्ति गर्न भन्दै काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र काट्ने तयारी गरेको छ । 

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) आफ्नो टिमसित छलफलपछि निर्मल निवासलाई पत्र पठाउने निचोडमा पुगेका उनीनिकट स्रोतले जनाएको छ । यसअघि उनले शक्ति प्रदर्शन गर्दा दरबारमार्गमा फोहोर गरेकोमा एमालेलाई र एयरपोर्ट क्षेत्रमा फोहोर गरेकोमा राप्रपालाई जरिवाना पत्र पठाएका थिए । 

शुक्रबार राजतन्त्र पक्षधरहरूको प्रदर्शनका क्रममा जनधनको क्षति भएको थियो । घटनामा एक पत्रकारसहित दुई जनाको मृत्यु भयो भने दर्जनभन्दा बढी घाइते भएका थिए । प्रदर्शनकारीले निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी तथा लुटपाटसमेत गरेका थिए । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ