Nepal Viral
सेप्टेम्बर 14, 2025

राजा बन्छु भन्नले किन केका लागि राजा बन्ने प्रश्नको जवाफ दिनुपर्दैन ; प्रधानमन्त्री ओली

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेका हिंसा, तोडफोड र आगजनीका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनकुने ताण्डवको मूल जिम्मेवार व्यक्ति शाह नै भएको जिकिर गर्दै उनको धारणा मागेका हुन्। 

‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न। यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न’, प्रधानमन्त्री ओलीले भने, ‘फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृंखलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन?’

उनले अगाडि भने, ‘मानिसलाई मर्नलाई दुरुत्साहन गर्ने जनकमान्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटपाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनुपर्छ।’

यस क्रममा प्रधानमन्त्री ओलीले तीनकुने घटनाको अघिल्लो दिन चैत १४ गते पूर्वराजा शाहले दुर्गा प्रसाईंलाई निवासमै झिकाएर हिंसाको योजना बनाएको आरोप पनि लगाए। 

21 thoughts on “राजा बन्छु भन्नले किन केका लागि राजा बन्ने प्रश्नको जवाफ दिनुपर्दैन ; प्रधानमन्त्री ओली”
  1. Новые актуальные промокоды iherb 2025 для выгодных покупок! Скидки на витамины, БАДы, косметику и товары для здоровья. Экономьте до 30% на заказах, используйте проверенные купоны и наслаждайтесь выгодным шопингом.

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ