भारतको उत्तरप्रदेशकाे एक विवाहमा दुलहाकाे जुत्ता लुकाउँदा केटी पक्षले भने बमोजिम पैसा नदिँदा दुलहालाई कुटपिट गरी घाइते बनाएका छन् ।
दुलही पक्षले लुकाएको जुत्ता फिर्ता पाउन पचास हजार रुपैयाँको माग दुलहा पक्षसँग गरेका थिए । जुत्ता फिर्ताको लागि दुलहा पक्षले जम्मा पाँच हजार रुपैयाँ दुलही पक्षलाई दिएको थियो । तर विडम्बना दुलही पक्षले आफ्नो अपमान भएको ठानेर दुलहा लगायतका अन्य जन्तीमाथि आक्रमणसहित गालीगलाेज गरेका थिए । आक्रमणबाट दुलहा सिकिस्त घाइते भएर अस्पतालमा छन् भने दुलही पक्षलाई प्रहरीले खाेजिरहेकाे छ ।