Nepal Viral
अप्रिल 28, 2025

सिक्री दाइ भाइरल भएपछि नयाँनयाँ धन जाेड्दै

राजकुमार ठकुरी अर्थात सिक्री दाइ , तीनकुने भएको राजावादी समर्थक भेलाबाट उनी सामाजिक सञ्जालमा भाइरल भएका थिए । उनलाई भाइरल बनाउन माध्यम भनेको उनले घाँटीमा लगाएको सुनको सिक्री हराउनु थियो ।

युटुबरले तीनकुनेमा खिचेका सिक्री दाइका दुईवटा भिडियो फुटेजले उनलाई निकै भाइरल बनायो । पहिलो फुटेजमा उनी राजा चाहिन्छ , देश विकास हुनुपर्छ भनेका थिए । दाेस्राे भिडियोमा उनी सिक्री हराएकाले रुदै थिए । यी दुईवटा भिडियो यति भाइरल भएकी अधिकांश मान्छेले उनलाई सञ्जालमा पछ्याउन थाले ।

सिक्रीले भिडियो भाइरलपछि उनी टिकटक लाइभमा बसेर केही समयमै हराएको सिक्री किन्न सफल भए । अहिले फेरि उनले टिकटक लाइभबाट बुलेट बाइक किन्न सफल भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ