मेरट । भारतकाे मेरटमा एक श्रीमतीले आफ्नो श्रीमान दिपककाे हत्या गरेकी छन् ।
लामो समय प्रेममा रहेका दिपक र दिव्याले मे महिनामा विवाह गरेका थिए । दिपक भारतीय रेल सेवामा कार्यरत थिए । दिव्या भने गृहणी । विवाहकाे केही समयपछि श्रीमती दिव्याले आफ्नो प्रेमीसँग मिलेर दिपककाे हत्या गरिन् । हत्या पछि उनले परिवार र आफन्तलाई हृदयघातले भएको बताइन् । तर जब पाेस्टमार्टम रिपोर्ट आयो तब थाहा भयो दिपककाे मृत्यु हृदयघात नभइ घाँटी थिचेर हत्या भएको ।
प्रहरीले केरकार गर्दा दिव्या दिपकसँग विवाह गर्नु र हत्या गर्नुकाे मुख्य कारण जागिर प्राप्ति भएको स्विकार गरिन् । भारत सरकारकाे नियमअनुसार वहालवाला जागिरेकाे असामयिक निधन हुँदा मृतककाे नजिकका आफन्तलाई उनकै स्थानलाई जागिर दिने सुविधा रहेको छ । जसअनुसार दिव्याले आफ्नो पतिको हत्या गरेकाे तथ्य बाहिर आएको छ ।