Nepal Viral
अप्रिल 28, 2025

टिकटकर गंगुको गोप्य भिडियो सार्वजनिक गर्ने युवक पक्राउ

सामाजिक सञ्जालमा भाइरल टिकटकर तथा नृत्यङ्गना गंगु क्षेत्रीकाे गाेप्य भिडियो सार्वजनिक गर्ने उनकाे पूर्व प्रेमीलाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको छ । प्रेममा हुँदा उनले पठाएको गोप्य भिडियो सार्वजनिक गर्ने २४ वर्षीय आयुष अधिकारीलाई ब्यूरोले अस्ति पक्राउ गरेको हो । 

ललितपुर महानगरपालिका–४, शान्तपूर्व मार्ग बस्ने उनले प्रेम सम्बन्ध टुटेपछि भिडियोमार्फत गंगुलाई ब्ल्याकमेल गर्दै आएका थिए । प्रेमीका साथीले समेत भिडियोको दुरुपयोग गरी पैसा माग्ने, शारीरिक सम्बन्ध राख्न बोलाउनेलगायतका तनाव दिएपछि उनले ब्यूरोमा जाहेरी दिएकी थिइन् । 

ब्यूरोले उनलाई समातेर विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा गंगुका अश्लील तस्बिरहरु छ्याप्छ्याप्ती भेटिन्छ । 

उनले लिक भएको आफ्नो गोप्य भिडियोबारे लाइभमा आएर ‘आफ्नै गल्ती’ ले सो अवस्था आएको बताएकी छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ