Nepal Viral
अप्रिल 28, 2025

मुस्लिम र हिन्दु समुदायबीच तोडफोड र झडप भएपछि वीरगञ्जमा लाग्यो कर्फ्यु

वीरगञ्ज ।हनुमान जयन्तीको अवसरमा शनिवार निकालिएको शोभायात्राको क्रममा मुस्लिम र हिन्दु समुदायबीच तोडफोड र झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

आज साँझ ६ः३० बजेदेखि लागू हुने गरी महानगरपालिकाभित्रका चार किल्ला पूर्वतर्फ भेडिया चोक,पश्चिमतर्फ सिर्सिया पुल,उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

उक्त सिमानाभित्र कसैले आवतजावत गर्न,कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न निषेध गरिएको छ। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ