Nepal Viral
अप्रिल 28, 2025

चिनियाँ राेबाेटहरुले रिङमै प्रत्यक्ष बक्सिङ प्रतिस्पर्धा गर्ने


काठमाडौं । चिनियाँ रोबोटिक्स कम्पनी युनिट्रीले  पहिलो पटक, दुई रोबोटबीच आउँदो मे महिनामा प्रत्यक्ष बक्सिङ  प्रतिस्पर्धा आयोजना  गर्नेछ ।

“युनिटी आइरन फिस्ट किंग” नामक यो कार्यक्रम मे २०२५ मा विश्वभर  प्रत्यक्ष प्रसारण हुने तय भएको छ। रोबोट मोडेलहरूको चयन र  पुष्टि हुन बाँकी छ, तर युनिट्रीको G1 वा आधुनिक H1 रोबोटहरू रिंगमा प्रवेश गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले अहिले विज्ञापन तथा प्रचारकाे लागि  भिडियो जारी गरेको छ । जसमा  रोबोटहरूले मार्शल आर्ट र बक्सिङका विभिन्न चाल तथा अभ्यास गरिरहेको देख्न सकिन्छ ।  यद्यपि राेबाेटहरुकाे प्रतिक्रिया ,समय र सन्तुलन अझै पनि मानिसहरूभन्दा पछाडि रहेको पुष्टि भएको  छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ