Nepal Viral
अप्रिल 28, 2025

पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराज झाविरुद्ध जबरजस्तीकरणी मुद्दामा पक्राउ पूर्जी जारी


काठमाडौं । पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराज झाविरुद्ध जबरजस्तीकरणी(बलात्कार) मुद्दामा पक्राउ पूर्जी जारी भएको छ । जिल्ला परिसर काठमाडौंमा जाहेरी दर्ता भएकोमा अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको हो। अहिराज फरार भइसकेका छन्। 

एक २५ वर्षिया किशोरीलाई सात वर्षदेखि यौन शोषण र  बलात्कार गर्दै आएको जाहेरी परेको छ । सहयोगको आवरणमा आफुलाई यौन शोषण गरेको भनेर  पीडितले जाहेरी दिएकी छिन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले सो घटनामा अनुसन्धान भइरहेको बताए । 

डा.अहिराजलाई २०७७ सालमा केपी शर्मा ओलीले मधेस प्रदेशको प्रमुख बनाएका थिए। पछि सरकार परिवर्तन भएसँगै उनलाई हटाइएको थियो। 

उनी तत्कालिन उपराष्ट्रपति परमानन्द झाको स्वकिय सचिव भएका थिए । त्यसबेला पनि उनी राज्यविरुद्धको अपराध मुद्दामा पक्राउ परेका थिए। आफ्नो पत्रिकामा तराईको सशस्त्र समूहको सैन्य भर्नाका विज्ञापन निकालेको कसुरमा त्यसबेला पक्राउ परेका थिए। 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ