यौन दुर्व्यवहारमा परी ज्यान गुमाएकी सदायको घटनाबारे छानविन गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं- सिराहामा यौन दुर्व्यवहारमा परेर ज्यान गुमाएकी युवतीको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राखेका छन् । गृहमन्त्री रमेश लेखकले घटनाबारे छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशनसमेत दिएका हुन्।

करिब चार महिना पहिले यौन दुर्व्यवहारमा परेकी सिरहाको नवराजपुर गाउँपालिका- ३ स्थित जगतपुर दोनबारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्ददेवी सदाय मंगलबार दिउँसो झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

दुई युवकबाट यौन दुर्व्यवहारमा परेकी उनले प्रहरीमा उजुरी गरेको लामो समय बित्दापनि प्रहरीले उजुरी लिन नमानेको र पीडक पक्षबाट उल्टै मिलापत्रको दबाब आएको गुनासो गर्दै आएकी थिइन्।

उनकी २ वर्षीया छोरी छन् भने श्रीमान् रोजगारिको सिलसिलामा विदेशमा छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ