Nepal Viral
अप्रिल 28, 2025

ललितपुर । काठमाडौं उपत्यकामा अनेक नाम गरेका चाेक गल्ली र बस्ती छन् । प्रायःजसोकाे आफ्नै कथा र मिथ छ । यिनै अनेकौं चाेककाे कथामध्ये , ललितपुर कुसुन्ती १३ मा रहेको हजुरबा चोककाे कथा भने अलिक फरक र माैलिक छ ।


हजुरबा चाेक नामले नै , हजुरबाहरु भेटघाट गर्ने , अझै हजुरबाहरुकाे चहलपहल धेरै हुने ठाउँको प्रतिविम्बित गर्दछ । याे ठाउँमा उमेरले सात दशक कटेका वृद्ध युवाहरू अक्सर आफ्ना समकालीनसँग मनका कुरा साटासाट गर्ने गर्दछन् । जीवनका विभिन्न आयामका बारेमा विचार विमर्श गर्ने गर्दछन् । एकअर्कासँग ठट्यौली शैलीमा घाेचपेच पनि वृद्ध युवाहरुबाट देख्न सकिन्छ ।

अक्सर कुसुन्तिकाे हजुरबा चाेकमा यस क्षेत्र आसपासका बुढा हजुरबुबाहरु एकआपसमा बसेर जिन्दगीका तीता-मिठा पलहरु साझा गर्दै रमाइलो गर्छन्। यो चोक केवल कुराकानीको थलो मात्र होइन, बरु पुस्तौँदेखिको स्मृति, संस्कृति र मायाको सङ्गमस्थल पनि हो। यहाँ हरेक साँझ हाँसो, सम्झना र अनुभवका कथाहरुले चोकलाई जीवन्त बनाउँछ, जसले नयाँ पुस्तालाई पनि आफ्नो जरा र इतिहासप्रति गर्व गर्न प्रेरित गर्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ