काठमाडौँ : प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको हो ।
बैठकमा संक्रमणकालीन न्यायलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका संक्रमणकाली न्यायसम्बन्धी सल्लाहका अग्नि खरेल पनि सहभागी छन् ।