Nepal Viral
अप्रिल 29, 2025

अस्कल क्याम्पसका स्ववियु सचिव प्रहरी जवानको नक्कली परीक्षार्थी

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका स्ववियु सचिव रहेको पाइएको छ । 

नेपाल प्रहरीको जवान पदमा अन्य व्यक्तिको नाममा परीक्षा दिइरहेको अवस्थामा शाही पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट शनिबार कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको लैनचौर बस्ने २४ वर्षिय गोपाल शाही सहित ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ