काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मू कश्मीरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा एक्समा संवेदना व्यक्त गर्दै नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको बताएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना छ। नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादसँग सम्बन्धित सबै कार्यहरूको कडा निन्दा गर्दछ।’
प्रधानमन्त्री ओलीले हमलामा मृत्यु हुने एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको पनि बताएका छन्।
पहलगाममा भएको उक्त घटनाप्रति विभिन्न देशका प्रतिनिधिले दुख व्यक्त गर्दै भारतको साथमा उभिने बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री मोदीसँग फोनमा कुराकानी गरेर जम्मू कश्मीरमा भएको आतंकवादी हमलामा निर्दोष मानिसहरूको मृत्यु भएकोमा गहिरो समवेदना व्यक्त गरेका छन्।
रुसी राष्ट्रपति पुटिनले पहलगाम आक्रमणका दोषीहरूलाई कडा सजाय दिने कुरामा आफूहरु भारतको साथमा रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कश्मीरबाट धेरै विचलित पार्ने खबर आएको छ। आतंकवादको विरुद्धमा अमेरिका भारतको साथ दृढतापूर्वक उभिएको छ। हामी मृत्यु भएकाहरूको आत्माको शान्तिको कामना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’
अमेरिकी उपराष्ट्रपति जेडी भान्स अहिले भारतको भ्रमणमा छन् उनले पनि उक्त घटनाको विरोध गरेका छन्। उनले लेखे, ‘उषा र म भारतको पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति समवेदना व्यक्त गर्दछौं। पछिल्ला केही दिनहरूमा, हामी यस देश र यहाँका मानिसहरूको सुन्दरताबाट प्रभावित भएका छौं। हाम्रो प्रार्थना पीडितहरूसँग छ।’
इटालीका प्रधानमन्त्री जर्जिया मिलोनीले भारतमा भएको आतंकवादी हमलाबाट दुःखी भएको जनाउँदै समवेदना व्यक्त गरेका छन्।
साउदी युवराजले पनि आक्रमणको निन्दा गरेर यस विषयमा भारतलाई सबै सम्भव सहयोगको प्रस्ताव गरेको सञ्चारमाध्यममा उल्लेख छ।
964112 387394As I web site owner I believe the articles here is rattling superb , thanks for your efforts. 138125
182816 999703Hey there! Good post! Please inform us when we will see a follow up! 835115
714334 189185Do you wear boxers or biefs? I wana bui em. 245571