Nepal Viral
नोभेम्बर 2, 2025

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगे

काठमाडौं ।राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट शुक्रबार साझ नेपाल आइपुगेका हुन् । नेपाल क्रिकेट संघ क्यानले स्टुअर्टलाई गत चैत १५ गते नेपाली टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । ल आगामी २ वर्ष नेपाली टोलीसंग रहनेछन् ।