काठमाडौं । २२ अप्रिल २०२५ – OpenAI का CEO सैम अल्टम्यानले हालै एउटा टिप्पणी भनेका छन् , आम प्रयोगकर्तालाई गरिने शिष्टाचार जस्तैः धन्यवाद , कृपयाका कारण “दशौं मिलियन डलर” बराबरको खर्च ,बिजुली र सर्भर लागत सूचना प्रविधि कम्पनी र एप्लिकेसनमा थपिएको छ। यिनै शिष्टचारका कारण अतिरिक्त प्रतिक्रियाहरू सिर्जना गर्नका लागि ठुलो कम्प्युटेशनल प्रयास र लगानी गर्नुपर्ने हुन्छ ।
X ( ट्विटर ) प्रयोगकर्ता @tomieinlove द्वारा गरिएको एक प्रश्नको जवाफ दिँदै अल्टम्यानले भने” शिष्टाचारमूलक वार्तालापका लागि हामीले “दशौं मिलियन डलर राम्रो तरिकाले खर्च गरेका छाैं । अब यदि कसैले अरूसँग शिष्ट हुनका लागि पैसा, लागत लाग्दैन भन्छ भने पहिलो कुरा उहाँ गलत बाेल्दै हुनुहुन्छ । दाेस्राे कुरा उहाँले हाम्रो शिष्टचार खर्चको विवरण हेर्नुपर्छ । त्यसपछि उहाँले शिष्टाचार खर्च हुँदैन भन्नुअगाडि , दुई पटक साेच्नुहुनेछ।”
अल्टम्यानको यस्तो टिप्पणीले के स्पष्ट गर्छ भने सूचना प्रविधि एवम् कम्प्युटर एप्लिकेसनमा शिष्टाचार अभ्यास गरेबापत ठुलाे खर्च आवश्यक छ । कम्प्युटेशनल स्रोत र प्रविधिको खर्चको महत्त्व उजागर पनि गरेको छ । OpenAI जस्ता प्रविधि कम्पनीहरूका लागि शिष्टचार लागत दिनानुदिन थपिने क्रम बढ्दो छ ।
सुन्दा सामान्य भएपनि शिष्टाचार खर्चमा सूचना प्रविधि उद्योगमा धेरै बहस चलेको छ । आम प्रयाेगकर्तामा पनि शिष्टाचारकाे लागत र प्रयोग बारेमा जानकारी दिएको छ ।
FxGJE wogdYIPO rQmYb KrcgUao