काठमाडौं । बलिउड चलचित्रकी आइटम गर्ल , माेडल तथा अभिनेत्री मलाइका अराेरा पुनः एकपटक आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छिन् । केही समयअघि मलाइकाकाे प्रेम सम्बन्ध अभिनेता अर्जुन कपुरसँग अन्त्य भएको थियो । अर्जुनभन्दा अगाडि उनी अर्बाज खानसँग दुई दशक लामो वैवाहिक सम्बन्धलाई पुर्णबिराम दिएकी थिइन् ।
हाल भने मलाइका प्रसिद्ध श्रीलंकन क्रिकेटर , प्रशिक्षक कुमार संगाकारसँग प्रेम सम्बन्धमा रहेको बलिउडमा ठुलो हल्ला चलेको छ । हाल्लाका सम्बन्धमा भने यी दुई नवप्रेमीले कुनै प्रतिक्रिया नदिएपनि उनीहरूकाे उठबस , निकटा र विभिन्न कार्यक्रममा सँगै जाने, डिनरका लागि सँगै रेस्टुरेन्ट आवतजावत लगायतका धेरै कुराले कुमार र मलाइका प्रेममा भएको प्रमाणित गर्दछ ।