Nepal Viral
अप्रिल 28, 2025

रुदैं ट्रम्प , खस्कियाे लाेकप्रियता

काठमाडौं । एकपछि अर्को विवादास्पद निर्णयका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता स्वदेशभित्रै खस्किएको छ । गत नोभेम्बरको आमनिर्वाचनताका लोकप्रिय रहेका उनी गत जनवरी २० का दिन पदभार ग्रहण गरेपछि चर्को आलोचनाको शिकार बन्दै गएका छन् । छिमेकी मेक्सिको, क्यानाडासहित डेनमार्कको सार्वभौमिकतामाथि गम्भीर प्रश्न उठाउने उनमै विश्वसनीयतामाथि प्रश्नचिन्ह उठ्दो छ । 

गत मार्चमा विश्वका १८० भन्दा बढी मुलुकबाट आयात गरिने सामानमा अत्यधिक पैठारी शुल्क लगाएपछि अमेरिकीहरु रिसले आगो बनेका छन् । चिनियाँ सामानमा १४५ देखि २२५ प्रतिशतसम्म भन्सार तोकिएको छ । विदेशी सामान महँगो भएपछि अमेरिकीको भान्छामा सामान घट्न थालेको छ । यसबीच अमेरिकाका ५० वटै राज्यमा ट्रम्प विरोधी र्याली निकालिएको छ ।

अमेरिकी टेलिभिजन एबिसी,वासिङ्ग्टन पोष्ट र बजार अनुसन्धान तथा परामर्श कम्पनी आइपिएसओएसले संयुक्त रुपमा गरेको सर्वेक्षणमा उनको लोकप्रियता ठाडै खस्केको देखिन्छ । पदबहाली गरेको एक सय दिनमा लोकप्रियतामा ह्रास आउनेमध्ये ट्रम्प पछिल्लो सात दशकमा पहिलो राष्ट्रपति बनेका छन् ।

यसअघि फागुनमा ४५ प्रतिशत जनताले उनलाई राम्रो भनेका थिए । अहिले त्यो प्रतिशत घटेर ३९ मा झरेको छ । ५५ प्रतिशतले उनका कामकारबाहीमाथि  औंला ठड्याएका छन् । ३९ प्रतिशतमध्ये पनि २१ प्रतिशतले मात्रै अन्ध समर्थन गरेको प्रतिवेदनले औंल्याएको छ ।

सर्वेक्षणमा सहभागीमध्ये करिब ७२ प्रतिशतले अमेरिकी सरकारको वर्तमान आर्थिक नीतिले छिट्टै मन्दी ल्याउने दावी गरेका छन् । ७३ प्रतिशतले अर्थतन्त्र खराबतिर गइरहेको बताएका छन्  । उनीहरु ट्रम्प प्रशासनको पछिल्लो नीतिले बजार भाउ बढ्ने बताउँछन् ।


सिएनएन र एसएसआरएसले गरेको अर्को सर्वेक्षणअनुसार पनि ट्रम्पको लोकप्रियता मार्च महिनाको ४५ बाट घटेर अप्रिलमा ४१ प्रतिशतमा झरेको छ । गत फेब्रुअरीको तुलनामा उक्त अवस्था ७ प्रतिशत कम्ती हो ।


५३ प्रतिशत अमेरिकीले ट्रम्पले सत्ता सम्हालेपछि मुलुकको अर्थतन्त्र खराब अवस्थातिर उन्मुख भएको विश्लेषण गरेका छन् भने ४१ प्रतिशतले आफ्नो निजी जीवनको आर्थिक अवस्था ओरालो लागेको बताएका छन् । ६१ प्रतिशतले वर्तमान आर्थिक तथा विदेश नीतिलाई समर्थन गर्न नसकिने जनाएका छन् ।

यता सिएनएन र एसएसआरएसले गरेको अर्को सर्वेक्षणअनुसार पनि ट्रम्पको लोकप्रियता मार्च महिनाको ४५ बाट घटेर अप्रिलमा ४१ प्रतिशतमा झरेको छ । गत फेब्रुअरीको तुलनामा उक्त अवस्था ७ प्रतिशत कम्ती हो ।

अमेरिकी राष्ट्रपतिले जे गरे पनि ठीक भन्ने समूहको संख्या २२ प्रतिशत छ । उनको चर्को विरोध गर्नेको जमात ४५ प्रतिशत पुगेको छ । सिएनएनका अनुसार विशेषगरी एकतर्फी रुपमा भन्सार पैठारी शुल्क बढाएपछि उनको आन्तरिक तथा वाह्य आलोचनाले सीमा नाघेको हो । यसबाट स्टक मार्केट ध्वस्त भएको छ भने अमेरिकी बजारमा सामानको भाउ बढेर अचाक्ली भएको छ

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ