काठमाडौं । सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आयोजनामा सोमबार दिउँसो माइतीघर मण्डलामा पीडितहरुले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् ।
आन्दोलनरत पक्षले ‘हाम्रो माग पूरा नभए आफूहरु नाङ्गो हुन तयार छौँ’ भन्दै नाराबाजी गरेका थिए । बचत फिर्ताको माग गर्दै पछिल्लो समय सहकारी पीडित आन्दोलित छन् । तर सरकारले उनीहरुको बचत फिर्ताको सुनिश्चितता गरेको छैन ।