काठमाडौं । हङकङ साहित्यिक साझा श्रृङ्खलाले “हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कार २०२५” कवि शशि लुमुम्बुलाई अर्पण गर्ने भएको छ ।
कवि लुमुम्बुले नेपाली साहित्यमा गरेको अतुलनीय याेगदानलाई कदर गर्दै संस्थाले पुरस्कार प्रदान गर्ने जानकारी राेशन याक्साेले दिनुभएको छ । एक अनाैपचारिक भेटमा याक्साेले संस्थाको तर्फबाट पुरस्कार घाेषणाकाे चिठी कवि लुमुम्बूलाई हस्तान्तरण गर्नुभएको छ । हङकङ साहित्यिक साझा श्रृङ्खलाले चाँडै नै एक औपचारिक कार्यक्रम गरेर कवि लुमुम्बूलाई पुरस्कार अर्पण गर्ने जानकारी पनि दिएको छ ।
हङकङ साहित्यिक साझा श्रृङ्खलाले नेपाली साहित्यमा योगदान गर्ने (हङकङ भन्दा बाहिरका) व्यक्तित्वलाई हरेक वर्ष पुरस्कृत गर्ने निर्णय गरेको थियो । पुरस्कार राशी ताम्रपत्र सहित रु. ५५,५५५/- (पचपन्न हजार पाँच सय पचपन्न रुपैँया मात्र) रहेको छ ।