बालाजुमा महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाइन् आगाे

काठमाडौं : काठमाडौंको बालाजुमा एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन्। बालाजुस्थित जागृति टोलकी ४५ वर्षीया बिना श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी हुन्। प्रवक्ता बोहराका अनुसार  घरायसी विषयमा श्रीमानसँग विवाद भएपछि शरीरमा पेट्रेल छर्केर आगो लगाएको खुलेको छ।

उनको पेट,छाती,घाँटी र बायाँ हातको भागमा जलेको छ। शरीरको करिब २५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। ती महिलाको नयाँ बजारस्थित  पिपल्स अस्पतालमा उपचार भइरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ