काठमाडौँ- बुद्ध एयरका कार्यकारी अध्यक्ष बीरेन्द्र बहादुर बस्नेतको पुस्तक ‘बाई द बुक’ विमोचन गरिएको छ।
बुद्ध एयरको प्रेरणादायी यात्रा समेटिएको पुस्तक ‘बाई द बुक’ शुक्रबार काठमाडौंमा आयोजित समारोहबीच विमोचन गरिएको हो।
लेखक बीरेन्द्र बहादुर बस्नेतले बुद्ध एयरको सुरुवातदेखि मुलुककै अग्रणी विमान सेवा कम्पनीसम्मको यात्रा समेटेका छन्।
पुस्तकमा बुद्ध एयरको सपना, संघर्ष र इमानदारितालाई पुस्तकमार्फत उजागर गरिएको छ।

