काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न ६ जनालाई प्रहरी हिरासतमै परीक्षा दिने व्यवस्था गरेको छ ।
आज (आइतबार) देखि सुरु भएको कक्षा १२ को परीक्षामा उनीहरूलाई हिरासतमै परीक्षा दिने व्यवस्था गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
१९ वर्षीय दिनेश महतोसहित ६ जना परीक्षामा सहभागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।
उनका अनुसार बानेश्वरस्थित लिभरपुलमा अध्ययनरत महतो तीनकुनेको हिंसात्मक घटनामा संलग्न थिए ।
त्यस्तै दिनेश महतो, दावा शेर्पा, सौगातकुमार बिक, सरोज थापा, सिमन घले र भारतीय नागरिक अमन साकिन छन् ।