मोबाइलमा अर्कै पुरुषको फोटो देखेपछि श्रीमानले गरेर श्रीमतीको हत्या


सुर्खेत । नेपाली सेनामा कार्यरत २८ वर्षीय दर्शन खत्रीले २६ वर्षीया श्रीमती प्रेमा ओली खत्रीको हत्या गरेका छन्। पाँच वर्षदेखि सम्बन्धमा खटपट चलिरहेका उनीहरूबीच आपसी शंका, झगडा र सम्बन्ध विच्छेदसम्मको कुरा चलेको थियो। दशैंमा पनि घर नआएका दर्शन शनिबार साँझ बिदा लिएर छिन्चु पुगे र प्रेमालाई सामान लिन बोलाएका थिए ।

छिन्चु बजारमा एकाएक श्रीमानलाई देखेपछि प्रेमाले झुट किन बोलेको भन्दै सोधिन्। त्यसपछि घर फर्किने क्रममा बाटोमा उनीहरूबीच वादविवाद र झगडा सुरु भयो। प्रेमाले पनि दर्शनमाथि अन्य महिलासँगको सम्बन्धको आरोप लगाएकी थिइन्। झगडाको बीचमा दर्शनले प्रेमाको मोबाइल खोसी अर्का पुरुषको फोटो देखेपछि रीसमा प्रेमाकाे टाउकोमा ढुङ्गाले प्रहार गर्दा प्रेमा अचेत भएर लडेकी थिइन् ।
घटनापछि प्रेमा उठिनन् भन्ने देखाउन दर्शनले प्रेमाकै सलले घाँटी कसेर खोल्सामा फालेका थिए। त्यसपछि राति ८ बजे दर्शन घर फर्किएको प्रहरीले जनाएको छ। घट्ना प्रेमासँग भेट भएको करिब डेढ घण्टामै भएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ